सामुदायिक क्याम्पसको नाममा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको संरचना एकवर्ष वितिशक्दा पनी वीरगंज महानगरपालिकाले हटाउन सकेको छैन् ।
मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहले अतिक्रमित संरचना हटाउने अभियान चलाएका थिए । तर तामझाम पश्चात, आफ्ना नजिकका वडा अध्यक्ष, चुनावमा सहयोग गर्ने बाहेकका संरचना भत्काएर सार्वजनिक अतिक्रमण हटाउने कुरा यतिकै सेलाएको छ । अतिक्रमण हटाउने नाममा डोजर भिडाएर केही तोडफोड गरेपनी नालामाथि तिनतल्ले संरचना मेयर सिंहले भत्काउन सकेनन् । दलबल सहित अतिक्रमण हटाउन पुगेका मेयर सिंहले क्याम्पस प्रशासनले आफै अतिक्रमण हटाउने आश्वासन पाएर समयवधी दिएर संरचना तत्काल नभत्काएको उत्तिबेला प्रतिक्रिया दिएका थिए । नालामाथि बनेको संरचना आफै हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि मेयर सिंह उतिबेला डोजर लिएर पुगेका थिए ।
एकवर्षकाे क्लीनचिट पछी हरिखेतान क्याम्पसले पुनः भत्काएकाे पर्खाल लगाउन सुरू गरेका थिए । स्थानीयहरूकाे विराेधका बाबजुद केही इट्टा हटाएपनी नाला माथीकाे भव्य संरचना यथावत नै रहेकाे छ ।
यस्तै मेयर सिंहले भारतीय दुतावासले आफ्नो गेट सहितको संरचना नाला मै बनाएपनि हटाउन सकेका छैनन् । त्यहाँको संरचना छोड्दै जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै महानगरले नाला अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाउँदै सफाईलाई निरन्तरता दिएको थियो ।
महानगरमा क कसले के कति सार्वजनिक संरचना हडपेको भनेर प्रतिवेदन रहेपनी गुपचुप कतिलाई मिलाएर छोडिएको छ भने, नमिल्नेलाई भत्काउने तर्साउने गरिएको सचिवालयका एक सदस्यले नाम नराख्ने सर्तमा वीरगंज सिटीलाई बताए ।
वीरगंजमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालयको छेउँ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन समेत भत्काएर हरिखेतान क्याम्पसमा डोजर चलाएका थिए । हरिखेतान क्याम्पस पछाडीसम्म सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन पुगेका थिए ।
यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको महानगरले जनाएको छ । तर एक वर्ष वितिशक्दा पनी महानरले हरिखेतान क्याम्पस र भारतीय दुतावसको संरचना हटाउन सकेका छैनन् ।