वीरगंज - सिर्सिया नदीलाई प्रदूषित गर्ने कार्यमा वीरगंज महानगरपालिका आफैं संलग्न भएको खुलासा भएको छ। एसियाली विकास बैंकको सहयोगमा निर्मित अण्डरग्राउण्ड नालाहरूको फोहोर सिर्सिया नदीमै डम्प गर्दै महानगरले सफाइको ढोंग गरेको स्थानीयहरूले आरोप लगाएका छन् । यसले नदीमा फोहोरको समस्या झन् बढाएको छ ।
उद्योगीहरूमा विभेदपूर्ण कारबाही
महानगरका मेयर राजेशमान सिंहले चुनावमा समर्थन नगरेका उद्योगीहरूलाई कठोर कारबाही गर्दै, गेटमा फोहोर राख्ने कदम उठाएका छन् । जबकि, चुनावमा आर्थिक सहयोग गर्ने उद्योगीहरूलाई महानगरका मेयर राजेशमान सिंहले नयाँ अनुगमनकाे प्रतिवेदनमा अाफ्ना निकटलाई जाेगाउन उनका दाहिने रहेका उधाेगीकाे उधाेगलाई प्रदुषण न्यून हुने गरेको प्रतिवेदन बनाएर क्लिनचट्ट समेत दिएका छन् । भने टेण्डर प्रक्रियामा फाइदा दिने र कारबाहीबाट छुट दिने गरेको स्थानीयले अारोप लगाइएको छ । यसले गर्दा महानगरको नालाहरूको फोहोर सिर्सिया नदीमा जाने समस्या बढ्दै गएको छ ।
सिर्सिया नदीको प्रदूषणको अवस्था
वीरगंज महानगरपालिकाले हालै गरेको अनुगमनमा १० वटा प्रमुख उद्योगहरूले सिर्सिया नदीमा अत्यधिक प्रदूषण फैलाएको पाइएको छ । यी उद्योगहरूमा नारायणी लेदर उद्योग, अन्नपुर्ण आयल एण्ड रिफाइनरी, दुर्गा पल्प एण्ड पेपर उद्योग, मोरियम लेदर प्रा.लि., र सिद्धि टेक्सटाइल प्रा.लि. लगायतका छन्। उद्योगहरूले प्रदूषण नियन्त्रणमा लापरवाही देखाउँदै आएका छन् ।
स्थानीय उद्योगी र राजनीतिक सम्बन्ध
वीरगंजका उद्योगीहरूको राजनीतिक सम्बन्धले प्रदूषण नियन्त्रणमा चुनौती थपेको छ । राजेश अग्रवाल, सुसान्त चचान, श्रवण कुमार चौरसिया, नवल किशोर यादव लगायतका उद्योगीहरूको ठूला पार्टी प्रतिनिधिहरूसँगको सम्बन्धले गर्दा महानगरले उनीहरूलाई कारबाही गर्न असमर्थ भएको स्थानीयहरूको आरोप छ ।
महानगरको कारबाही र उद्योगहरूको प्रतिबद्धता
महानगरले सिर्सिया नदी प्रदूषणका कारण केही उद्योगहरूलाई जरिवाना गरे पनि प्रदूषण रोक्न ठोस कदम चाल्न नसकेको आरोप छ । यद्यपि, उद्योगहरूले सिर्सिया नदीमा फोहोर फाल्ने काम बन्द गर्ने र १५ दिन भित्र प्रशोधन प्लान्ट जडान गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदूषण नियन्त्रणको चुनौती
सिर्सिया नदीको प्रदूषण नियन्त्रण केवल वीरगंज महानगरको जिम्मेवारी नभएर अन्य सम्बन्धित नगरपालिकाहरूको पनि हो । जितपुर सिमरा उपमहानगरपालिकाका मेयरले आन्तरिक विवादका कारण उद्योगीहरूलाई कारबाही गर्न नसकेको बताएका छन् । यसले गर्दा प्रदूषण नियन्त्रणमा थप चुनौती देखा परेको छ ।