नारायणी अस्पताल वीरगंजमा कानुनी प्रक्रिया बिना नै दर्जन बढी कर्मचारीलाई काममा खटाइएको छ ।
जनस्वास्थ्य सेवा सम्बन्धी ऐनले कुनै पनि स्वास्थ्यकर्मीलाई नियुक्ती बिना काममा खटाउन नपाउने व्यवस्था गरेको छ । तर, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. एनामुल हकले मेडिकल वार्डमा डा. जफर इमाम, विग्तमा अनियमितताको आरोपमा अख्तियारमा मुद्दा विचाराधिन रहेका फार्मेसीका कर्मचारी हरिन्द्र यादवका सहयाेगी रहेका फार्मेसीमा महबुब अंसारीलाई पनी ड्यूटी गर्न लगाएका छन । अंसारी भने अनियमितता गर्नमा माहिर खिलाडिको रूपमा चिनीने नाम हो । सोही कारणले पुर्व मेसु डॉ. बीरेन्द्र बहादुर प्रधानले उनलाई हटाएका थिए ।
त्यसैगरी फार्मेसी मै भोला ठाकुर, रुबि चौरसिया लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बिना विज्ञापन र बिना नियुक्ती खटाइरहेको पाइएको छ । यसरी खटाइनु भनेकाे अस्पतालमा सेवा लिन आउने विरामीको ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटाएकाे सेवा लिन आएका मुर्लीका एक स्थानीय सेवाग्राही महाविर साहले बताए ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बनेको महिनादिन नवित्दै डा. चितरञ्जन साहलाई हटाएर डा. एनामुल हकलाई मेसुमा नियुक्त गरेका थिए । मेसु बनेको केहि दिनमै मन्त्री यादवको निर्देशनमा जेठ २१ गते एक सूचना प्रकाशित गर्दै अस्पतालमा कार्यरत ४७ जना कर्मचारीलाई सेवाबाट हटाइएको थियो ।
अस्पतालले खर्च धान्न नसक्ने भन्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर लगायतका कर्मचारीहरू सहित १० जना चिकित्सक गरेर कुल ४७ जनालाई सेवाबाट हटाइएको थियो, जसको व्यापक विरोध समेत भएको थियो । आय स्रोत नपुग्ने भन्दै सेवाबाट हटाए पनि असार १४ गते मेडिकल जनरलिष्ट, न्यूरो सर्जरी, डेन्टल सर्जन, स्टाफ नर्स, अनमी लगायत २७ जनाको लागि मौखिक रुपमा मात्रै परीक्षा लिएर करारमा कर्मचारी राख्ने सम्बन्धी सूचना प्रकाशित गर्दै गोप्य विज्ञापन निकालिएको थियो ।
तर, नियमावली विपरीत निकालिएको उक्त विज्ञापनको विरोधपछि स्वास्थ्य मन्त्रालयले सूचना खारेज गरिदिएको थियो । तथापि, मेसु एनामुल हकले विभिन्न वार्डमा स्टाफ नर्स, चिकित्सक तथा कर्मचारीहरूसंग नियुक्ती गरिदिने भनेर प्रलोभनमा राखेर केही रकम समेतको चलखेलमा मनपर्दो रूपमा खटाइरहेको सेवाग्राहीले आरोप लगाएका छन् । व्यक्तिगत स्वार्थका लागी मौखिक रुपमा खटाइने चिकित्सक वा नर्सबाट केही क्रुटी हुन गए यसको जिम्मेवारी कसले लिने सेवा लिन आएका सेवाग्राही महाविर साहले प्रश्न उठाए ।
यस विषयमा डा. एनामुल हकले विज्ञापन खारेज भएपछि यतिकै कर्मचारीलाई खटाएको बताएका छन् । उनले भने, हामीले निकालेको विज्ञापन नियमसम्बत नभएकाले स्वास्थ्य विभागले नै रद्द गरिदियो । रद्द भएकाले नयाँ विज्ञापन निकाल्नुपर्ने नै छ । अहिलेका लागि यतिकै खटाइरहेका छौं ।
सम्बन्धीत समाचार