सशस्त्र प्रहरी बल, १३ नं. गण पर्सा मातहतको वीरगंज भन्सार राजस्व चुहावट नियन्त्रण गुल्मले ४५ हजार रुपैयाँ घूस लिएर तापक्रम नाप्ने मेशीन छाडेको समाचार प्राप्त भएको छ ।
केही साता अघि भारतबाट करीब चार लाख भारुमा खरीद गरी भन्सार छली नेपाल भित्रयाइएको सो मेशीन सशस्त्र प्रहरीको चेक प्वाइन्टमा समातिएको थियो । तथापि, बिचौलियाले ४५ हजार रुपैयाँ घूस दिएपछि सो मेशीनलाई छोडिएको बुझिएको छ । जीतपुरका जगरनाथ ठाकुरले वीरगंज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गत एउटा कागज उद्योगमा उक्त मेशीन आवश्यक परेको कारण भारतबाट भन्सार छली नेपाल भित्र्याउन प्रयास गरिएको थियो ।
वीरगंज भन्सारमा सशस्त्र प्रहरीले तस्करी रोक्न कडा कदम चालिरहेको बेला घूस लिएर मेशीन छाडिएको खबरले सशस्त्र प्रहरी र राजस्व चुहावट नियन्त्रण गुल्मको छविमा धक्का पुगेको छ । तर, गुल्मका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले भने घूस लिएर कुनै पनि सामान नछाडेको दाबी गरेका छन् । “एकजना त्यस्तो सामान लिएर आएका थिए तर उनलाई रक्सौल फिर्ता पठाइएको हो । मैले कुनै पनि सामान छाडेको छैन । यी आरोपहरू निराधार छन्,” उनले भनेका छन् ।
भन्सार छलिका समान सम्बन्धी ऐन संशोधित २०७७ ले देशभित्र कुनैपनि चोरी पैठारीका समान बरामद भए नियमसम्बत जाँचबुझ गरी आवश्यक कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाइनुपर्नेमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले तापक्रम नाप्ने मेशीन जफत नगरी फिर्ता पठाएकाे भन्नु शंषयको विषय हाे ।
समान्य नागरिककाे समान समात्दा जफत गर्ने तर लाखाैँ पर्ने बहुमुल्य समान फिर्ता पठाउनु विषयमा सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले यस विषयमा मैले पनि बुझेको बताए । त्यस्तो नहुनुपर्ने हो, घूसै लिएर छाडेको भन्नु सत्यता नभएको बताए ।
जफत गर्नुपर्ने समान किन छोडिएको विषयमा थप बुझेपछि भन्न सकिने बताए ।