पत्रकार निलिसा बर्माले हिँसा सहेर बाँच्न बाध्य महिलाहरूको परिस्थितिबारे गहिरो प्रश्न उठाएकी छिन् ।
मरेकी वा मारिएकी महिलाका लागि अफसोस गर्ने समाजले हिंसा सहेर बाँचेकाहरूको पीडा कहिले बुझ्छ भन्ने गम्भीर प्रश्न उठाएकी छन् । सञ्चारकर्मी बर्माले समाजको लाञ्छनाले हिंसा सहेर बसेकी महिलाहरूलाई पुनः पीडित बनाउँदै आएको उल्लेख गरेकी छिन् । समाजमा दानवरूपी व्यक्तिसँग जीवन बिताउनुभन्दा एक्लै बस्नुपरेको पीडामा महिलाहरूलाई घृणा र तिरस्कारको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताएकी छन्। ‘एउटा जनावर पनि आफ्नो जोडीसँग बस्न मन पराउँछ, भन्दै उनले समाजमा हिंसाका कारण एकल जीवन बिताउन बाध्य महिलाहरूको स्थिति उजागर गरेकी छन् ।
हालै काेलकत्तामा भएको बलात्कार र हत्याजस्तो जघन्य अपराधका विरुद्ध भारत र नेपाल दुबै देशमा विरोध भइरहेको छ । यस्तो घटनामा दोषीलाई कडा कारवाहीको माग गर्दै विभिन्न शहरमा दिप बालेर मृतकको आत्माको शान्तिका लागि प्रार्थना गरिरहेको छ । तर, बर्माले प्रश्न उठाएकी छिन्, ‘हिंसामा परेर मरेकी महिलाको आत्माको शान्तिका लागि प्रार्थना गर्ने समाजले हिंसा सहेर बाँच्न बाध्य महिलाहरूलाई कहिले न्याय दिनेछ’ अरुको हातबाट मर्नुभन्दा एक्लो बस्नु गलत हो ?
उनले समाजमा हिंसामा परेका महिलाहरूलाई पुनःअपमानित गर्ने प्रवृत्तिले महिलाहरूलाई दोहोरो पीडा दिने र उनीहरूको आत्मसम्मानलाई चोट पुर्याउने काम भइरहेको बताएकी छिन् । ‘मरेपछि समाजलाई सहानुभूति दिन सजिलो छ, तर जीवित रहँदा तिनै महिलालाई समाजले किन पलपल मर्न बाध्य बनाउँछ ?’ बर्माको यो प्रश्नले समाजमा रहेका त्यस्ता व्यक्तिलाई आत्मसमिक्षा गर्न बाध्य बनाएको छ ।
पत्रकार निलिसा बर्माले आफ्नो सामाजिक सञ्जाल पोस्टमा समाजको यो दोहोरो चरित्रप्रति आलोचना गर्दै हिंसामा परेर बाँचेका महिलाहरूको संघर्षलाई सम्मान गर्न र उनीहरूलाई लान्छना लगाउन छोड्न आग्रह गरेकी छिन् । उनका अनुसार, महिलाहरूले हिंसा सहेर बाँच्नुभन्दा हिंसाबाट मुक्ति पाउन र आत्मसम्मानका साथ बाँच्न पाउनु समाजको दायित्व हो ।
समाजले हिंसा सहेर बाँच्न बाध्य महिलाहरूको पीडा बुझ्न र उनीहरूको सम्मान गर्न जरुरी देखिन्छ ।