नारायणी अस्पतालले करार सेवाका लागी निकालेको विज्ञापन पुन रद्द गरिदिएको छ ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार यादव स्वास्थ्यमन्त्री भए लगत्तै अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा महम्मद ऐनामुल हक नियुक्त गरेका थिए । उनी नियुक्त भएसंगै अस्पतालमा चिकित्सक र कर्मचारीको संख्या बढी भएको भन्दै २०८१ जेठ २१ गते ४७ जना कर्मचारीलाई निष्कासन गरेका थिए । तर, असार १४ गते २७ अधिकृतसहित ३३ नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन गरेका थिए । माग गरिएका पदहरूमा झन्डै २ सय आवेदन परे । तर, कर्मचारीको पदपूर्ति प्रक्रिया नपुग्दै सरकार र स्वास्थ्य मन्त्री दुबै परिवर्तन भएपछि उतिबेला पनी विज्ञापन रद्द गरिदिएका थिए ।
विज्ञापन रद्द भएपछि मेसु हकले पुनः भदौँ ११ गते चिकित्सकसहित ६० जना नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेका थिए । तर दोस्रो पटकको विज्ञापन समेत स्वाथ्य तथा जनसंख्या मन्त्रालयको भदौँ १६ गते बसेको सचिवस्तरको निर्णयले स्थगन गरिदिएको हो ।
शाखा अधिकृत शिव कुमार निरौलाद्वारा जारी गरेको पत्रमा अर्को निर्णय नभएसम्मका लागि स्थगन गरेको जनाएको छ ।
अस्पतालमा मेसु हकको नियुक्ति भएलगत्तै १२ जना मेडिकल अधिकृत, १२ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ५ जना रेडियोग्राफर, र ४ जना अहेबसहित ४७ जना कर्मचारीलाई निष्कासन गरेर अहिलेसम्म आलोचना भइरहेको छ ।
कर्मचारीहरुको निष्कासनले अस्पतालका विभिन्न वार्डहरूमा चिकित्सक तथा कर्मचारीको अभाव मात्रै नभई प्रसूति वार्ड पीएनसी सेवा पूर्ण रूपमा ठप्प भएको कर्मचारीहरु बताउँछन् । यसबाट आईसीयू, एनआईसीयू, पीआईसीयू, सीसीयू जस्ता संवेदनशील वार्डको सेवा समेत प्रभावित भई बिरामीहरूले अहिले उपचारमा कठिनाइ झेल्नु परेको छ ।
दरबन्दी र पूर्वाधारको समस्या
२०७२ सालमै ५ सय शैय्या क्षमतामा स्तरोन्नति भइसकेको नारायणी अस्पताल पूर्व स्वीकृति अनुसारको २ सय शैय्या दरबन्दीमा मात्र सञ्चालनमा छ । अस्पताल विकास समितिको सहयोगमा थप १५० शैय्या गरी ३५० शैय्याको सेवा दिइरहे पनि २५ जना चिकित्सक र कर्मचारी अन्यत्र काजमा छन् भने ९औं, १०औं, र ११औं तहका ४० जनाभन्दा बढी चिकित्सक र कर्मचारीको पदपूर्ति नै भएको छैन ।
पहिला हटाएका कर्मचारीहरुले अस्पतालसंग बजेट अभाव थियो भने ४७ जनालाई हटाएर किन अहिले पुन नयाँ थप गर्न लागिएको हो पुर्व कर्मचारी रहेका विनोद कुमार पटेल प्रश्न गर्छन ।
मेसु हकको एक्लो निर्णयबाट हटाइनु र पुन राख्न विज्ञापन खोल्नु विरुद्ध कर्मचारीहरु विरोध गर्दै अदालत सम्म समेत जाने पुर्व कर्मचारीहरु बताउँछन् ।
सम्बन्धीत समाचार
नारायणी अस्पतालमा विकास समितिकै अध्यक्षले आईसीयूका नर्सलाई अभद्र व्यवहार गरेको भन्दै छानविन गर्न माग
नारायणी अस्पतालमा विज्ञापन र नियुक्ती विनै खटाइए एक दर्जन बढी पकेटका स्वास्थ्यकर्मी
नारायणी अस्पतालमा सुत्केरी भत्ता वितरण रोकिएपछि सेवाग्राही मारमा
उपचार खर्च तिर्न नसकेर एक युवक अस्पतालमा बन्धक
पर्सामा तीन संघीय मन्त्री, नारायणी अस्पतालको बेथिति उस्तै | सेवाग्राही मर्कामा