पर्साका नेताहरूलाई रिझाउन झण्डै एक दर्जन कर्मचारीलाई गोप्य रूपमा पुन: काममा फर्काएको खुलासा भएको छ।
नारायणी अस्पतालका निमित्त निर्देशक डा. मो. एनामुल हकले आर्थिक कठिनाइका कारण तलब दिन नसकेको भन्दै एकैपटक ४६ जना कर्मचारीलाई हटाएका थिए । तर, पुन मनोमानी ढंगले खटाएका छन् ।
अस्पताल स्रोतका अनुसार, डा. हकले पहिले हटाएका ४ जना मेडिकल अधिकृत, एक जना फार्मेसी सहायक, केही स्टाफ नर्स र कार्यालय सहयोगीहरूलाई पुन: काममा फर्काएका छन्। "मेसुका नजिकका केही नेता र शक्तिशाली चिकित्सकका आफन्तलाई मात्र काममा फिर्ता बोलाइएको छ," स्रोतले भन्यो ।
विशेष गरी, १ जेठमा हटाइएका १२ जना मेडिकल अधिकृतमध्ये डा. प्रियंका यादव, मन्त्रीकाे सिफारिसमा पुन: नियुक्त भएकी छन् । त्यसैगरी, डा. जफर इमाम, जो अस्पतालमै कार्यरत एक वरिष्ठ सर्जनका भाइ हुन्, र डा. संजय जैसवालका दाजु पनि नारायणी अस्पतालका चिकित्सक हुन् । डा. दिपेश झा, जेरियाट्रिसियन भएको कारण उनलाई पुन: जागिर दिइएको छ ।
फार्मेसी विभागमा पनि फेरबदल गरिएको छ । विभागका रन्जित साहलाई हटाएर महबुब आलम, भोला ठाकुर र रिंकु चौरसियालाई जागिरमा फिर्ता गरिएको छ। रिंकु चौरसियालाई पर्साका नेता अजय चौरसियाको जोडबलमा काममा राखिएको बताइएको छ ।
यसबाहेक, अस्पतालले पहिले हटाइएका केही स्टाफ नर्स र कार्यालय सहयोगीहरूलाई पनि भित्रभित्रै काममा फर्काएको छ । कर्मचारी लिने सार्वजनिक सूचना निकालिए पनि, अस्पतालले गोप्य रूपमा कर्मचारी भर्ति गरिरहेको पाइएको छ ।
सम्बन्धीत समाचार
नारायणी अस्पतालमा विकास समितिकै अध्यक्षले आईसीयूका नर्सलाई अभद्र व्यवहार गरेको भन्दै छानविन गर्न माग
नारायणी अस्पतालमा विज्ञापन र नियुक्ती विनै खटाइए एक दर्जन बढी पकेटका स्वास्थ्यकर्मी
नारायणी अस्पतालमा सुत्केरी भत्ता वितरण रोकिएपछि सेवाग्राही मारमा
उपचार खर्च तिर्न नसकेर एक युवक अस्पतालमा बन्धक
पर्सामा तीन संघीय मन्त्री, नारायणी अस्पतालको बेथिति उस्तै | सेवाग्राही मर्कामा