महाविर पुनले कृषि औजार कारखाना सञ्चालन गर्न व्यक्तिगत पहलमा किताब बेचेर रकम संकलन गरिरहेका बेला वीरगंजका ज्येष्ठ नागरिक क्लबले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
पुनले कृषि औजार कारखाना सञ्चालन गर्न दिनरात नभनी किताब बेचेर रकम जुटाइरहेका छन्, जसमा विभिन्न संघसंस्थाले साथ दिइरहेका छन् । वीरगंजमा चार दिनदेखि किताब बेचिरहेका महाविर पुनलाई ज्येष्ठ नागरिक क्लबले कृषि औजार कारखाना पुगेर नगद सहयोग गरेको हो ।
क्लबले ज्येष्ठ नागरिकको सहयोग र औषधी उपचारका लागि जम्मा गरेको रकमबाट ४० हजार रुपैयाँ जोगाएर कृषि औजार कारखाना सञ्चालनमा सहयोग पुर्याएको जनाएको छ ।
त्यसैदिन यता वीरगंजका युवा उद्यमीहरुको संस्था नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) ले स्पामा रमाउन एक कम्पनीसंग सहकार्य गरेका छन् । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) ले स्पा तथा सैलुन र एनवाइईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष पंकज अग्रवाल बिच सहकार्य गरिएको जनाएको छ । जसमा शरीर मसाज, खुट्टा र टाउको मसाज, तातो ढुङ्गा मसाज, स्टीम र सौना बाथ, तथा युनिसेक्स सैलुनका लागि युवा उद्यमीहरुलाई छुटका साथै विशेष योगदान दिन सक्ने बताइएको छ ।
एकैदिन दुई काम ज्येष्ठ नागरिक कारखाना चलाउने पहलमा, युवा उद्यमी स्पाकाे सहकार्यमा रहेको देखिन्छ ।
देशमा बेराेजारीले यूवाहरूकाे बेहाल भइरहेकाे बेला भविष्यकाे चिन्ता गर्ने ज्येष्ठ नागरिक कसरी देशमा राेजगारी हुन सक्छ त्यसमा एक भएपनी इट्टा थप्ने काम गरेकाे छ ।