वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षकहरूको खाता सञ्चालनका लागी नयाँ उर्दी जारी गर्न लगाएका छन् ।
वीरगंज महानगरपालिकामा रहेका ९१ वटै सामुदायिक विद्यालयमा शिक्षक, कर्मचारी लगायतको खाता वीरगञ्जस्थित नेपाल बैंक सिटी शाखामा हुँदा हुदैँ प्राइभेट बैंक नेबिल बैंकमा खाता खोल्न उर्दी जारी गर्न लगाएका छन् ।महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल २०८१ साल भदाैँ ३१ गते भित्र उपलब्ध गराउन उर्दि जारी गरेका छन् ।
यसअघि वीरगंज महानगरपालिकाले विद्यालयकै खातामा सम्पूर्ण शिक्षकहरूको तलब भत्ता पठाउने गरेकोमा प्रधानाध्यापक तथा लेखापालले नेपाल बैंकमा गएर शिक्षक कर्मचारीहरूको खातामा तलब पठाउने गरेका थिए । तर मेयर सिंहले छोरो अनिशमान श्रेष्ठ नेबिल बैंकमा कार्यरत भएपछि अहिले महानगर अन्तर्गतका शिक्षक, कर्मचारीहरूलाई नेबिल बैंकमा खाता खोल्न निर्देशन दिएको हो ।
पत्रमा प्रशासकिय अधिकृतकाे हस्ताक्षर छ तर महानगरका मेयर राजेशमान सिंहको भनाई उदृत गर्दै मेयरका कार्यकर्ताले पठाएको समाचरमा भनिएको छ । ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरूको व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबार ६ दिन भित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’ भनिएको छ ।
यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताएको दाबी गरेको छ । विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरूले समयमै तलब बुझ्न नपाएको र उहाँहरूको दैनिकी पनि असहज भएको महसुस भयो,’ मेयरको कोट गर्दै समाचारमा भनिएको छ, ‘त्यसैले अब देखि भने उहाँहरूको खातामा सोझै महानगरले नै तलब भत्ता पठाउँदा केही हदसम्म सहज हुने अपेक्षा छ ।’