वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका आफन्तकाे फर्मले झन्डा फेरेर समेत अनियमितता गरेका छन् ।
विभिन्न अनियमितताको प्रकरणहरू बाहिरिँदै गर्दा देशको सर्वोच्च पहिचान बनाएको विश्वमै विशिष्ट र अनुपम देशको झन्डामा समेत वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका आफन्तले अनियमितता गर्न छोडेका छैनन् । नेपाल भारतको प्रवेशद्वारमा लगाइने नेपालको झन्डामा समेत उनका परिवारका सदस्यको फर्मले अनियमितता गरेको हो ।
नेपाल प्रवेश गर्नासाथ शंकराचार्य द्वारमा लगाइएको १६ फिटको झन्डा फेर्न एकपटककाे खरिदमा ९३ हजारसम्म भ्रष्टाचार गरेको पाइएको छ । बजारको मूल्य भाउ अनुसार खुद्रा मै ३५ सय देखी ४ हजारसम्म आउने झन्डाको एकैपटक ३५ हजारसम्म को बिल बनाएर दुईवटा खरिद आदेश दिएर ३१ हजारका दरले तीनवटाको झन्डामा खरिदमूल्य बाहेक ९३ हजार रुपैयाँ एकपटकमा भ्रष्टाचार गरेको पाइएको हो । यस्ताे एकवर्षमा ९/९ पटक गरी कम्तीमा २७ वटा झन्डा फेर्दा ८ लाख ३७ हजार रूपैयाँ सम्म भ्रष्टाचार गरेका छन् ।
मेयर सिंहका आफन्तहरूको विभिन्न फर्म रहेकोमा हामीलाई प्राप्त भएको प्रमाणमा मेयर सिंहका बहिनी ज्वाइँ पर्ने राजेश थापाले शोभा थापा सञ्चालक रहेकाे एस एण्ड जी सप्लायर्सबाट गतवर्ष देखी झन्डा फेर्दै आएका छन् । एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते एकैदिन एकैमिती र समयमा दुईदुईवटा खरिद आदेश पाएका छन् । नियमले एक लाख भन्दा बढीको समान खरिद गर्दा तीनतीनवटा फर्मको कोटेसन भिडाउनुपर्नेमा मेयर सिंहका बहिनी ज्वाइँका लागी एकैदिन एकै समयमा एक लाख ५ हजारको झन्डा खरिदका लागी एउटा खरिद आदेशमा २ वटा झन्डाका लागी ७० हजार र अर्को एकवटा झन्डाका लागी ३५ हजारको खरिद आदेश दिएको छ । जुन सैधान्तीक रुपमा यसरी खरिद आदेश दिन मिल्दैन् । स्टोर शाखाले एक लाख ५ हजारका लागी खरिद आदेश दिएको प्रमाणमा छ ।
पान नम्बर ६१८७८७८८९ रहेको एस एण्ड जी सप्लायर्सका लागी जिन्सी प्रमुख, शाखा प्रमुख र कार्यालय प्रमुखको आदेशले ७ दिन भित्र खरिद गर्न आदेश दिएको छ । एकवर्षमा २७ वटा भन्दा बढी सम्म झन्डा फेरेको बिल बनाएका मेयर राजेशमान सिंहका बहिनी ज्वाइँ पर्ने राजेश थापाले यसबाट मात्रै ८ लाख ३७ हजार रुपैयाँ सम्म अनियमितता गरेका छन् ।
यसबाहेक महानगरले थप वीरगंज १४ स्थित शहीद तेजबहादुर अमात्यको शालीक परिसरमा राष्ट्रिय झन्डा लगाउँदै आएको छ । यस झन्डा समेत १६ फिट उचाइको रहेको महानगरले जनाएको छ । यहाँको झन्डाको उचाइ कमै रहेकाले यहाँको झन्डा वर्षमा ७/८ वटा मात्रै फेर्ने गरेको नगर प्रहरीले जनाएको छ ।
देशमा संविधान दिवस मनाइँरहदा झन्डामा भएको अनियमितताको कसले छानविन गर्ने गौन विषय हो । विश्व मै अनुपम रहेको देशको झन्डाको स्वरूपले नेपालको पहाड, हिमाल र तराई क्षेत्रको प्रतिनिधित्व गर्छ । झन्डाको माथिल्लो त्रिकोणमा सेतो चन्द्र र तल्लो त्रिकोणमा सेतो सूर्य अङ्कित छन्, जसले नेपालको स्थायित्व, दीर्घायु र शान्तिलाई सकेत गर्छन् । रातो रङले वीरता र साहसलाई दर्शाउँछ भने नीलो रेखाले शान्ति र समृद्धिको प्रतीकको रूपमा रहेको छ । महानगरलाई समृद्धिमा लाने कसम खाएका मेयर सिंहले आफ्नो परिवारको समृद्धिका लागी भरपुर प्रयास गर्दै आएका छन् ।
झण्डा खरिदबारे कुरा गर्न सम्पर्क गर्दा एस.एण्ड जी सप्लायर्सका सञ्चालक राजेश थापा सम्पर्कमा आउन चाहेनन् । यता महानगरका मेयर राजेशमान सिंहको भने दुवै मोबाइल अफ थियो । पटक पटक फोन सम्पर्क गर्दा पनि उनीसँग कुरा हुन सकेन । मेयरको सचिवालयकाअनुसार उनी काठमाडौँमा छन् ।
महानगरमा मेयरकी श्रीमती अन्नपुर्ण मनान्धर शिक्षकहरुको सरुवा गर्न, भतिज ठेक्कापट्टा गर्न, छोरो काम गर्ने बैंकमा छोरोको बढुवाका लागी महानगरका सम्पुर्ण विद्यालयका शिक्षक कर्मचारीलाई खाता खोलाउन र समान खरिदमा बहिनी ज्वाइँ राजेश थापालाई भरपुर काममा लगाएका छन् ।
देशको झन्डा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ । यसले नेपालको धार्मिक विश्वास, राष्ट्रियता र गौरवको पहिचान दिन्छ । मेयर राजेशमान सिंह एण्ड परिवारले गरेको अनियमितता र भ्रष्टाचारले देशभरमा कस्तो पहिचान दिन्छ त्यो हेर्न भने बाँकी छ ।
पुनश्चय यसअघि वीरगंज महानगरपालिकाको ९६ वटा विद्यालयका लागी ३१ सय पंखा खरिद गर्न मेयरकै बहिनी ज्वाइँको अर्को फर्म थापा ट्रेडर्सबाट खरिद गरिएको थियो । जसमा १५ सय पर्ने पंखाको आवश्यक्ता समेत नभएको विद्यालयमा ३१ सय रुपैयाँ बिल बनाएर जबरजस्ती चेक असुलेको थियाे । यसका बारेमा नेपाल शिक्षक महासंघले पत्रकार सम्मेलन नै गरेर बताएका थिए ।
सम्बन्धित समाचार