वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।
नेपाल भारतको प्रवेशद्वारमा लगाइने नेपालको झन्डामा समेत उनका परिवारका सदस्यको फर्मले अनियमितता गरेको प्रमाण सहित मेयर सहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको हो ।
बजारको मूल्य भाउ अनुसार खुद्रा मै ३५ सय देखी ४ हजारसम्म आउने झन्डाको एकैपटक ३५ हजारसम्मको बिल बनाएर दुईवटा खरिद आदेश दिएर ३१ हजारका दरले तीनवटाको झन्डामा खरिदमूल्य बाहेक ९३ हजार रुपैयाँ एकपटकमा भ्रष्टाचार गरेको पाइएको हो । यस्तो एकवर्षमा कम्तीमा २७ वटा बढी झन्डा फेर्दा ८ लाख ३७ हजार रुपैयाँ सम्म भ्रष्टाचार गरेको मुद्दामा उल्लेख गरिएको छ ।
राष्ट्रिय झन्डामा समेत भ्रष्टाचार गरेको भन्दै वीरगंज सिटी डटकमले समाचार लेखेको थियो । दर्ता नम्बर रहेको सि ०२०१९१ अख्तियारको मुद्दामा मेयर राजेशमान सिंहले वीरगंज महानगरपालिका भित्र हुने गरेका भ्रष्टाचारलाई संस्थागत गरी विभिन्न लाभ लिएका प्रमाण सहित मुद्दा दायर भएको हो ।
मेयर सिंहका आफन्तहरूको विभिन्न फर्म रहेकोमा प्राप्त भएको प्रमाणमा मेयर सिंहका बहिनी ज्वाइँ पर्ने राजेश थापाले शोभा थापा सञ्चालक रहेको एस एण्ड जी सप्लायर्सबाट गतवर्ष देखी झन्डा फेर्दै आएका छन् । एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते एकैदिन एकै मिती र समयमा दुईदुईवटा खरिद आदेश पाएका छन् । नियमले एक लाख भन्दा बढीको समान खरिद गर्दा तीनतीनवटा फर्मको कोटेसन भिडाउनुपर्नेमा मेयर सिंहका बहिनी ज्वाइँका लागी एकैदिन एकै समयमा एक लाख ५ हजारको झन्डा खरिदका लागी एउटा खरिद आदेशमा २ वटा झन्डाका लागी ७० हजार र अर्को एकवटा झन्डाका लागी ३५ हजारको खरिद आदेश दिएको छ । जुन सैद्धान्तीक रुपमा यसरी खरिद आदेश दिन मिल्दैन् । स्टोर शाखाले एक लाख ५ हजारका लागी खरिद आदेश दिएको प्रमाणमा छ । भ्रष्टाचार निवारण ऐन २०५९, तथा सम्पत्ति शुद्धिकरण ऐन २०६४ बमोजिम आवश्यक कारबाही गर्न मुद्दा दिइएको राजकुमार तिमल्सेनाले जनाएको छ ।
मेयर राजेशमान सिंहका आफन्त पर्नेले पान नम्बर ६१८७८७८८९ रहेको एस एण्ड जी सप्लायर्सका लागी जिन्सी प्रमुख, शाखा प्रमुख र कार्यालय प्रमुखको आदेशले ७ दिन भित्र खरिद गर्न आदेश दिएको छ । एकवर्षमा २७ वटा भन्दा बढी सम्म झन्डा फेरेको बिल बनाएका मेयर राजेशमान सिंहका बहिनी ज्वाइँ पर्ने राजेश थापाले यसबाट मात्रै ८ लाख ३७ हजार रुपैयाँ सम्म अनियमितता गरेका छन् ।
सोहि विषयलाई उल्लेख गरी मेयर राजेशमान सिंहले श्रीमति अन्नपूर्ण मानन्धर शिक्षक भएर कमाउने ३५ हजार, छोरो अनिसमान सिंहले ३५ हजार र मेयर राजेशमान सिंहले ७० हजार कमाउदा दुई वर्षमा ३३ लाख ६० हजार रुपैयाँ मात्रै खर्च बाहेक आम्दानी गरेकोमा मेयर सिंहले विभिन्न स्थानमा जग्गा, घर बनाएकाले यस विषयमा समेत अनुसन्धान गरी कार्वाही गर्न मुद्दा दायर गरिएको राजकुमार तिमल्सेनाले जानकारी गराएका छन् ।
महानगरले यसबाहेक थप वीरगंज १४ स्थित शहीद तेजबहादुर अमात्यको शालीक परिसरमा राष्ट्रिय झन्डा लगाउँदै आएको छ । यस झन्डा समेत १६ फिट उचाइको रहेको महानगरले जनाएको छ । यहाँको झन्डामा लगाइएको पाइपको उचाइ कमै रहेकाले यहाँको झन्डा वर्षमा ७र८ वटा मात्रै फेर्ने गरेको नगर प्रहरीले जनाएको छ ।
विभिन्न अनियमितताको प्रकरणहरू बाहिरिँदै गर्दा देशको सर्वोच्च पहिचान बनाएको विश्वमै विशिष्ट र अनुपम देशको झन्डामा समेत वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका आफन्तले अनियमितता गर्न छोडेका छैनन् । देशको झन्डाको स्वरूपले नेपालको पहाड, हिमाल र तराई क्षेत्रको प्रतिनिधित्व गर्छ । झन्डाको माथिल्लो त्रिकोणमा सेतो चन्द्र र तल्लो त्रिकोणमा सेतो सूर्य अङ्कित छन्, जसले नेपालको स्थायित्व, दीर्घायु र शान्तिलाई सकेत गर्छन् । रातो रङले वीरता र साहसलाई दर्शाउँछ भने नीलो रेखाले शान्ति र समृद्धिको प्रतीकको रूपमा रहेको छ ।
महानगरलाई समृद्धिमा लाने कसम खाएका मेयर सिंहले आफ्नो परिवारको समृद्धिका लागी भरपुर प्रयास गर्दै आएका छन् ।
सम्बन्धित समाचार