वीरगंज महानगरपालिकामा स्थानीय सरकार आएको विगत ८ वर्षदेखि स्थानीयलाई स्थलगत अवलोकनको नाममा जनता झुक्याउने अस्त्र प्रयोग हुदैँ आएको छ ।
पहिलो पटक स्थानीय सरकार आएदेखि डुबान क्षेत्रको अवलोकन गर्ने र आश्वासन दिएर फर्किने जनप्रतिनिधिको क्यालेण्डर तालिका बनेको छ । वीरगंज महानगरपालिकाका तत्कालीन मेयर विजय कुमार सरावगी २०७८ साल असार १९ गते भेडाहा र श्रीसिया नदीमा आएको बाढीले सयौँ बिघा जग्गाका साथै विभिन्न गाउँटोल डुबानमा परेकाको सतर्क रहन आग्रह गरेका थिए ।
उतिबेलाको बाढीले छपकैया, रानीघाट, श्रीपुर र लालपर्साका सयौँ परिवारलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको थियो । त्यसबेलादेखि हालसम्म अनुगमन र शिलान्यासले मुखपत्र भरिभराउ छन् तर बाढी तथा डुबान घट्नु भन्दा बढ्दो क्रममा रहेको छ ।
पटक पटक यस क्षेत्रका प्रदेश तथा सङ्घका सांसदहरू अनुगमन तथा अवलोकन गर्ने क्रम बढेको छ तर जनताको समस्या भने निराकरण हुन सकेको भने छैन् । २०८० साउन २३ गते भेडहा खोला डुबानमा परेको भन्दै मेयर राजेशमान सिंहल र क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले अनुगमन गरेका थिए । वडा नम्बर ३० लालपर्सा र प्रसोतीपुरको स्थलगत निरीक्षणमा भेडहा खोलामा ड्याम लगाए मात्रै निदान पाउने आश्वासन दिएका थिए । त्यसका लागी ठेक्का लगाएर कामहरू भइरहेको जानकारी गराएको थियो । तर हालसम्म जनताले बाढी तथा डुबानको सामना गरिरहेका छन् ।
कमिसन नपाएकाले टिप्पणी उठाएर समेत मेयर सिंहले हुन दिएनन् भुक्तानी
२०८० असारमा समापन्न गर्ने गरी भेडहा खोलाको १२ किलोमिटर मिलन चोकदेखि गण्डक नहर सम्म लामो तटबन्ध निर्माण गर्ने शुरु भएको थियो । तर कमिसन नपाएकाले निर्माण कम्पनीले गरेको कामको भुक्तानी समेत महानगरका मेयर राजेशमान सिंहले हुन दिएको छैन् ।
वीरगंज महानगरपालिकाले तेश्रो रनिङ्ग बिल रकम २ करोड ४ लाख ६२ हजार २ सय १३ रुपैयाँको भुक्तानी गर्नुपर्नेमा प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायत अनुगमन तथा अधिकारीक व्यक्तिहरूले टिप्पणी र आदेश पठाइसकेकोमा मेयर राजेशमान सिंहलाइ कमिसन नपाएकाले भुक्तानी राेकिदिदाँ भेडहा खोलाको काम अगाडि बढ्न सकेको छैन् ।
तत्कालीन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको पालामा ठेक्का साकार भएर रमन, विकास एण्ड ब्रदर्स जेभि संग २०७९ भदौँ २ गते २४ करोड ६३ लाख ५ हजार ५ सय ४७ मा ठेक्का साकार गरेकोमा तेश्रो रनिङ्ग बिलको रकम भुक्तानी नहुदाँ निर्माण सम्पन्न भईसक्नुपर्नेमा हालसम्म भुक्तानी रोकिएकाले वडा नम्बर २७ देखी ३२ सम्मका जनताले डुबान खेप्नु परको छ ।
निर्वाचित भएर आउन साथ मेयर सिंहले ठेक्का रद गरेर उपभोक्ता समिति मार्फत ४०/५० प्रतिशत कोटेश्नमा खानेगरी योजना बनाएकोमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले ठेक्का दिइसकेको र नियम सम्वत परिसकेकाले ठेक्का रद्द गर्न मानेनन तत पश्चात स्वकृत भएर काम अगाडि बढाएको समेत मेयर राजेशमान सिंहले भुक्तानी नदिएर भेडहा खोलाको काम अलपत्र परेको छ । कम्पनीको अख्तियारीनामा समेत रोक लगाएर काम हुन नदिएको प्रतिनिधी शुशिल ठाकुरले बताउँछन् ।
मेयर सिंहलाइ नचढाए काम गर्न मुश्किल रहेकाे यस्तै प्रकृतीका काम गरी रकम नपाएर मारमा रहेका एक अर्का ठेक्केदारले बताए ।