वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पक्षमा खुलेरै चाटुकारिता गर्दै आएका रेडियो नेपालका पत्रकार गुणनाथ अधिकारी (ध्रुव) यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार बनेका छन् । मेयर सिंहको चाटुकारिता गर्दै सामाजिक सञ्जालमा लेखिएको उनको विवादास्पद टिप्पणीले बबाल मच्चाएको छ ।
गुणनाथ अधिकारी (ध्रुव) ले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, "सिंह मौन बसेको देखेर वीरगंजमा केही बिरालाहरू म्याउ म्याउ गर्दै सिंहलाई जिस्काइ रहेका छन् । सिंहले मौनता तोड्यो भने बिरालाहरूले देख्ने छन् बाउको बिहे ।" मुसा मार्न नसक्ने बिरालाहरुको रोदन देखेर उदेक लाग्न थाल्यो । अधिकारीको यस स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पत्रकारको नाममा जनप्रतिनिधिको चरण स्पर्श गर्ने चाप्लुसीको संज्ञा दिएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्षको प्रतिक्रिया
नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष सत्रुधन नेपालले अधिकारीको टिप्पणीलाई धम्कीको रूपमा लिँदै कडा आलोचना गरेका छन् । उनले प्रश्न गरेका छन्, "अब सिंह (मेयर राजेशमान) ले बिरालोको शिकार गरेको हेर्न पाइन्छ?" पत्रकारितामा निष्पक्षता कायम गर्नुपर्नेमा अधिकारीको यस्तो आक्रामक टिप्पणीले सम्पुर्ण पत्रकारको मर्यादा गिराएको छ । आलोचना गर्नेहरूकाे प्रतिक्रिया
सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरूले पनि अधिकारीको चाप्लुसीप्रति कडा टिप्पणी गरेका छन् । बिम्मी कालिन्दी शर्माले "तिम्राे सिंहले आत्मरक्षा गर्न नसक्ने भएछ, त्यसैले कुकुर र ब्वाँसोको आवश्यकता परेछ" भन्दै व्यंग्य गरेकी छन् । अर्का प्रयोगकर्ता धर्मेन्द्र पटेलले गुणनाथ अधिकारी (ध्रुवे) लाई "चाकडी गरेको" भन्दै तिरस्कार गरेका छन् ।
सुधिर पण्डितले "जनता र देशका लागि खोजमूलक समाचार नलेखेर यस्तो स्तरहीन लेख्नु तपाइकाे पत्रकािरता हाे," भन्दै अधिकारीको पत्रकारिताको स्तरमाथि प्रश्न उठाएका छन् । जनार्दन मिश्राले "पत्रकार भनेको राज्यको चौथो अंग हो, तर यहाँ जनप्रतिनिधिको चप्पलको धुलो चाट्ने पत्रकारिताले के गती लगाउला ?" भन्दै व्यंग्य गरेका छन् ।
गुणनाथ अधिकारी (ध्रुवे) काे शैक्षीक प्रमाणापत्रमा अशंका
अधिकारीको शैक्षिक प्रमाणपत्रको विषयमा पनि अनेकन शंका उठेका छन् । उनले भारतको रक्सौल महाविद्यालयबाट प्लस टु गरेका भनिए पनि उनले कहिले ठाकुरराम क्याम्पस त कहिले अन्य संस्थाबाट प्रमाणपत्र रहेकाे बताउँदै आएका छन् । उनका सहपाठीहरूका अनुसार नेपाली कांग्रेसका नेता सुरेन्द्र चाैधरीकाे खुट्टा समातेर रेडियो नेपालमा जागिर गरेका उनले जागिरकै शिलशिलामाा रक्सौलमा पढाइ सम्भव नभएकोले उनको शैक्षिक प्रमाणपत्रको सत्यता माथी प्रश्न उब्जिएको हो।
श्रीमतीको नियुक्तिमा विवाद
अधिकारीकी श्रीमती निर्मला अधिकारी वीरगंज महानगरपालिकाको सूचना तथा सञ्चार शाखामा कार्यरत छिन् भने उनी नेपाल सरकारले अनुदान दिएको हरिखेतान बहुमुखी क्याम्पसमा पनि २४ हजार तलब बुझ्छिन् । नेपाल सरकारको नियमअनुसार एकै व्यक्तिले दुईवटा सरकारी काम गर्न नपाउने प्रावधान भए पनि अधिकारीको श्रीमतीले दुई स्थानबाट तलब बुझिरहेकी छिन् । तलब दुइठाउँमा बुझे पनी उनले १५ प्रतिशत कर बुझाउनुपर्ने हुन्छ तर गुणराज अधिकारी (ध्रुव) काे श्रीमती भने एक प्रतिशत मात्रै कर बुझाएर कर छली गर्दै आएका छन् ।
चरमसिमामा गुणराज अधिकारी (ध्रुव) काे चाटुकारिता
गुणनाथ अधिकारी उर्फ ध्रुवे वीरगंज महानगरपालिकामा मेयरको गल्त कामकाे ढाकछाेप गर्दै आएका व्यक्ती हुन् । मेयरले गर्ने भ्रष्टाचार तथा अनियमितताकाकाे बारेमा लेख्नेहरूलाई उनले 'बिरालो'को उपमा दिएपछि पत्रकारिता क्षेत्रमै उनको चर्को आलोचना भइरहेको छ । उनले रेडियो नेपाल मार्फत जनताले तिरेको करबाट तलब लिएर जनप्रतिनिधिको चाटुकारिता गर्न आफ्नो समय बिताइरहेका छन् । गुणनाथ अधिकारी (ध्रुव) को चाप्लुसीपूर्ण टिप्पणी र सार्वजनिक जीवनमा देखाएको विवादास्पद चरित्रले पत्रकारितामा निष्पक्षताको कमीलाई देखाएको छ। वीरगंज महानगरपालिकाका मेयरको पक्षपाती बनेर उनी सामाजिक सञ्जालमा जनताको असन्तुष्टिको शिकार भएका छन् नै, उनकाे पत्रकारिताको मर्यादा र नैतिकता माथि गम्भीर प्रश्न उब्जिएको छ ।
उनले लेखेकाे स्टाटस ।