रेडियो नेपालका पर्सा संवाददाता, रेडियो वीरगंजका समाचार प्रमुख र वीरगंज महानगरपालिकाको सन्चार प्रवर्द्धनको संयोजक रहेका गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीको श्रीमती निर्मला पौडेल उहिले थर फेरेर र अहिले श्रीमानकाे चाटुकारिताको बलमा एउटा संस्थामा फुल डिउटी नगरीकन दुई दुईवटा सरकारी निकायको तलब बुझ्दै आएकी छिन् ।
काम नपाएर कतिपय युवा विदेश पलायनको स्थितिमा छ । तर गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीका आफ्नी श्रीमतीलाई २०७५ सालदेखि २०८० पुस मसान्तसम्म एक सिफ्टमा काम गरेर थर फेरेर दुई दुई सिफ्टको तलब बुझेको खुलेको छ । अधिकारीकी श्रीमतीले बिहान र दिउसोको सिफ्ट देखाएर निर्मला अधिकारी र निर्मला पौडेल ‘पौडेल’ ‘अधिकारी’ थर छुट्टाछुट्टै राखेर तलब बुझेको हरिखेतान क्याम्पसबाट खुलेको हो ।
अधिकारीकि श्रीमती विभागीय स्वीकृत बेगर दुई दुईवटा सरकारी निकायमा विगत ५ वर्षदेखि काम गरिरहेको पाइएको छ । जुन मेयर आए त्यसको चाटुकारितामा लिन रहेका गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीले तत्कालीन मेयर विजय सरावगीको बेलामा श्रीमतीलाई जागिर लगाउन सफल भएका थिए भने हाल राजेशमान सिंहको चाटुकारिता गर्दै अहिले सोही नियुक्तिको म्याद थप गराउन सफल भएका छन् । भने अाफै सञ्चार प्रवर्द्धनकाे संयाेजक समेत बनेका छन् ।
गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीकी श्रीमती हाल निर्मला अधिकारी वीरगंज महानगरपालिकाको सूचना तथा शाखामा कम्प्युटर अपरेटरमा कार्यरत छिन् भने, नेपाल सरकारको अनुदान दिएको हरिखेतान बहुमुखी क्याम्पसमा समेत उनी कम्प्युटर अपरेटरमा लामाे समयदेखि काम गर्दै अाएकाे पाइएको छ । हरिखेतान क्याम्पसमा बिहान ६ः३० बजे देखी २ बजेसम्म डिउटि गर्नुपर्नेमा उनी ८ बजे आएर ९ः३० बजेसम्म जाने गरेको क्याम्पस प्रमुख किशोरी रायले बताए ।
यसैगरी उनै निर्मला अधिकारी वीरगंज महानगरपालिकाको सूचना संचार तथा प्रसारण शाखामा १० बजेदेखि ६ बजेसम्म डिउटि गर्नुपर्ने हो । त्यहाँ भने श्रीमान् गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीसँगै एउटै कोठामा डिउटी गर्दै आएकी छिन् भने हरिखेतान बहुमुखी क्याम्पसमा डेढ घण्टा मै बेपत्ता हुने गरेकी छिन् ।
क्याम्पस प्रमुख नियमन गर्न खोज्दा दाता परिवारको दबाब
हरिखेतान बहुमुखी क्याम्पस नेपाल सरकारको अनुदानमा सञ्चालित सामुदायिक क्याम्पस हो । गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीकी श्रीमती भन्दा बढी वर्षदेखी यहाँ दर्जनौँ कर्मचारीहरु ८/८ घण्टा डिउटि गरेर १६/१७ हजार तलब बुझेर सेवा गर्दै आएका छन् । तर पत्रकारको श्रीमती हुदैँमा नियम विपरित दुई घण्टाको मात्रै काम गर्दा २४/२४ हजार रुपैयाँ दिन न्यायोचित नरहेको भन्दै कि त दुई घण्टाको कि त फुल डिउटि खटाएर मात्रै राख्नुपर्ने सञ्चालक समितिमा राखेपनि यस विषयमा समितिले कुरा अगाडि नबढाएको क्याम्पस प्रमुख किशोरी रायले बताए ।
उनका अनुसार २०८० साल पुस १ गते आफू आएदेखि यस सामुदायिक क्याम्पसमा सञ्चालक समिति वा अन्य लोभले अनुचित लाभ लिने काम बन्द गराएका थिए । तथापी थर परिवर्तन गरेर दुई दुई सिफ्टको बुझ्दै आएको तलबलाई समितिको निर्णयले एकै सिफ्टमा गरेर हाल पनी १/२ घण्टा डिउटी गर्दापनी समितिकाे दबाबले २४ हजार उनि बुझ्दै आएको बताए ।
नेपाल सरकारको नियम अनुसार एकै व्यक्तिले दुई दुई ठाउँमा काम गर्न समय व्यवस्थापनको साथै विभागीय स्वकृत लिनुपर्ने हुन्छ । तर पत्रकारको श्रीमती भएपछि यी दुवै लिनुनपर्ने भएको छ ।
पत्रकारको श्रीमती भएपछि डेढ घण्टा काम गरेर २४ हजार तलब र ८ घण्टा काम गरेर अन्य कर्मचारीलाई १७ हजार तलब दिएर अन्याय गर्दै अाएको छ ।
महानगर बाहेक जिल्ला प्रहरी कार्यालय, वीरगंज भन्सार कार्यालय लगायत सरकारी कार्यालयको चाकरी गर्दै अाएका गुणनाथ अधिकारी उर्फ ध्रुव अधिकारीले चाटुकारिताको राम्रो फाइदा उठाउँदै आएका छन् ।
यस विषयमा उनकी श्रीमतीसंग कुरा गर्न उनको 974837#### नम्बरमा सम्पर्क हुन सकेन् ।
सम्बन्धित समाचार