नेपालमा भएको भीषण वर्षापछि बिहारका १६ जिल्ला बाढीको चपेटामा परेको छ ।
५६ वर्षपछि कोसी र २१ वर्षपछि गण्डक नदीमा यति धेरै पानी देखिएको छ जसबाट पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाको ७ वटा तटबन्ध फुटेका छन् भने ८ जना मानिसहरू बेपता भएका छन् । नेपालमा भएको भारी वर्षाले कोसी र गण्डक नदीमा जलस्तर उच्च रहेको छ । कोसीमा ५६ वर्षमा पहिलो पटक ६.६१ लाख क्यूसेक पानी र गण्डकमा २१ वर्षमा पहिलो पटक ५.६२ लाख क्युसेक पानी डिस्चार्ज गरिएको छ ।
नदिहरूको गेज बिन्दुमा उच्चतम् जलस्तरको नयाँ रेकर्ड बनिसकेको छ । यही मापदण्डलाई आधार मानेर बिहार सरकारले उत्तर बिहारका नदिहरूको तटबन्धको उचाइ बढाउने तयारी समेत गरेको छ । १६ जिल्लाका ५५ प्रखण्डका करिब ९.९० लाख मानिसहरू बाढीको असरमा परेका छन् ।
विभिन्न जिल्लामा ८ जना मानिस बाढीमा बगेका छन् भने एक महिलाको हृदयघातका कारण निधन भएको छ ।
७ तटबन्ध फुटे, सरकारी सतर्कता जारी
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा ७ वटा तटबन्ध फुटेका छन् । यसबीच, नदिहरूको घट्दो जलस्तरका कारण सरकारले सतर्कता जारी गरेको छ । जलस्रोत विभागले बाढी प्रभावित जिल्लाका सम्पूर्ण इन्जिनियर र कर्मचारीलाई अलर्ट मोडमा राख्न निर्देशन दिएको छ ।
सुपौलमा ३ वर्षकी बालक बगिन्, महिलाको हृदयाघातले मृत्यु
सुपौलमा पानीको तेज बहावका कारण शिवपुरीमा हजुरबुवाको काँधमा बसेकी ३ वर्षकी एक बालिका बगेकी छन् । त्यस्तै, बाढीको त्रासले एक महिलाको हृदयघातका कारण मृत्यु भएको छ । दरभंगाको किरतपुरमा एक किशोर र तीन महिलापुरुष बाढीमा बगेका छन् । सीतामढीको रून्नीसैदपुर र बेलसन्डमा बाढीको अवस्था गम्भीर रहेको बताइएको छ । यहाँ तीन जना मानिसहरू बाढीमा बगेको प्रहरीले जनाएको छ ।
दरभंगामा बाँध फुट्यो, २५ गाउँ प्रभावित
दरभंगाको कुशेश्वरस्थान पूर्वी प्रखण्डको पूर्वी बलान बाँध सोमबार राति श्रीपुर गोबराही नजिकै फुटेको छ । यसले गर्दा भिन्दुवा, सिद्धिपुर, गोबराही लगायत २५ वटा गाउँ प्रभावित भएका छन् । कुशेश्वरस्थान पूर्वीका सीओ गोपाल कुमार पासवानले राति ८ः३० बजे बाँध अचानक फुटेको जानकारी दिएका थिए । मंगलबार बिहान एनडीआरएफ र एसडीआरएफको टोली पुग्ने र राहत तथा उद्धार कार्य सुरु हुने बताइएको छ।
बेगूसरायमा स्कुले बालबालिका बोकेको डुङ्गा पल्टियो
बेगूसरायमा स्कुले बालबालिका बोकेको डुंगा पल्टिएको छ । डुंगामा २५ भन्दा बढी बालबालिका सवार थिए । घटनापछि स्थानीयले सबै बालबालिकालाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । यो घटना भगवानपुर थाना क्षेत्रको मखवा स्थित बैंती-बलान नदी घाटमा भएको बताइएको छ ।