बडादशैंको रौनकसँगै महिला शक्तिको नौ स्वरूप, नौ महत्व र नौ फरक विश्वासका आधारमा नवरात्रि आराधना सुरु भएको छ ।
यो विशेष पर्व सनातन संस्कारका अनुयायीहरूले हर्षोल्लासका साथ मनाउँछन्, जसअन्तर्गत प्रत्येक दिन फरक दुर्गा देवीको पूजा गरिन्छ । नवरात्रिको पहिलो दिन देवी शैलपुत्रीको पूजाबाट यो पर्वको आरम्भ भएको छ भने आज दोश्रो दिन ब्रह्मचारिणी माताको र क्रमश चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, र सिद्धिदात्री गरी नौ दुर्गा देवीको पूजा गरिन्छ । यी देवीहरूको साधनाले व्यक्तिलाई सुख, शान्ति, आरोग्य, एैश्वर्य र मोक्ष प्राप्त हुने मान्यता रहेको छ ।
यो पर्वमा महिलाको शक्ति र महत्त्वलाई विशेष रूपमा उजागर गरिन्छ, जसअन्तर्गत समाजमा महिलाको पूजनीय स्थान रहेको धार्मिक ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ । नवरात्रिका दिनहरूमा विधिपूर्वक पूजा अर्चना गर्दा साधकका सम्पूर्ण इच्छाहरू पूरा हुने जनविश्वास छ ।
यस्तो छ माताको पुजाको मन्त्र र महत्व
१) शैलपुत्री माताको: वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्। वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥ पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा। पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥ प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्। कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥ वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम। वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्॥
२) ब्रह्मचारिणी: नवरात्र पर्वको दोस्रो दिन माँ ब्रह्मचारिणीको पूजा–अर्चना हुन्छ । साधक यस दिन आफ्नो मन माँ को चरणमा लगाउँछन् । ब्रह्मको अर्थ हो तपस्या र चारिणी यानी आचरण वाल । यस प्रकार ब्रह्मचारिणीको अर्थ हुन्छ तप को आचरण गर्ने वाली । यिनको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्। मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’ - या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलार्इ ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् । मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।’
४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको अाराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ । 'ॐ कूष्माण्डायै नम:।।'
५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून । मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’
६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।’
७) कालरात्रि: यीनको अाराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलार्इ सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।’
८) महागौरीः माता महागौरीको अाराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।’
९) सिद्धिदात्री: माता सिद्धिदात्रीलार्इ मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ । मंत्र: ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।’