महागढिमाई फाउण्डेशन नेपालले आयोजना गरेको 'पूर्वजको संस्कार, हाम्रो सम्पत्ति र हाम्रो संस्कृति, हाम्रो पहिचान' नारासहितको झिझिया प्रतियोगिता महागढिमाई नगरपालिकाको आर्थिक सहयोगमा भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा मठवाटोला डान्स ग्रुपले प्रथम स्थान हासिल गर्दै ५१ हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।
महागढिमाई एकेडेमी स्कुलले दोस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ र सगरमाथा इंग्लिश बोर्डिङ स्कूलले तेस्रो स्थानमा आई १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले मधेसको संस्कार र संस्कृतिको रक्षा गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे । उनले यो सांस्कृतिक कार्यक्रमले परम्परागत संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतियोगितामा श्री गढिमाई डान्स एकेडमि बरियारपुर, श्री समाज कल्याण युवा क्लब मैनी, श्री सगरमाथा इ बो स्कुल बरियारपुर, श्री गढिमाई महेन्द्र न मा बि बरियारपुर (English medium), श्री ज्ञान बाटिका इ बो स्कुल कलैया, श्री मठवा टोल डान्स ग्रुप, श्री गढिमाई महेन्द्र न मा बि (नेपालि मेडिएम), श्री महागढिमाई एकेडमी बो स्कुल बरियारपुर, मनकामना बो स्कुल कलैया लगायत विभिन्न समूहहरूले भाग लिएका थिए । विजयीकाे घाेषणा निर्णायक मण्डलको सदस्य प्रियांका कुमारी दासले गरेकि थिइन् ।
राजेश्वर कुशवाहाको अध्यक्षतामा भएको सो कार्यक्रमको विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव, वडा नं १ का वडा अध्यक्ष मनोज गुप्ता लगायत नगरवासीहरूको उपस्थिति रहेको थियो ।