पत्रकार आर.के. पटेलकाे नेतृत्वमा श्रमजीवी पत्रकार संघ नेपाल पर्सा शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे सभाहलमा खानेपानी मन्त्री प्रदीप यादवकाे विशेष उपस्थितिमा कार्यसमिति घोषणा गरिएकाे हाे ।
कार्यसमितिका अध्यक्षमा आर.के. पटेल, उपाध्यक्षमा प्रणय साह, महिला उपाध्यक्षमा बिमला गुप्ता, सचिवमा नितेश कुमार कर्ण, सहसचिवमा अर्जुन गुप्ता, समावेशी सहसचिवमा बिशाल यादव, र कोषाध्यक्षमा दिपक कुशवाहा चयन भएका छन् ।
त्यसैगरी, सुमेश्वर साह (धिरज), जाकिर हुसैन, पुनम चौधरी, राज सराफ, राजकुमारी गुप्ता, राजु बैठा, बिनोद यादव र बिशाल पटेल कार्यसमितिका सदस्य चयन भएका हुन् ।
खानेपानी मन्त्री यादवले संघलाई श्रमजीवीहरूको हकहितमा काम गर्न सुझाव दिँदै देशको आर्थिक मन्दीका कारण मिडिया क्षेत्रमा परेको प्रभावको बारेमा चर्चा गरेका थिए । उनले नेपाल पत्रकार महासंघसँग सहकार्य गरी पत्रकारहरूको समस्या समाधानमा सक्रियता देखाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, पूर्व उपाध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानलगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष आर.के. पटेलले पत्रकारहरूको हकहितको संरक्षण र सम्बर्द्धनका लागि संघले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।