जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण बनाउन विशेष अपील गर्दै १४ बुँदे अनुरोध जारी गरेको छ ।
प्रहरीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई आत्मीयजनहरूसँग मात्र होली खेल्न र अपरिचित समूहमा सहभागी नहुन अनुरोध गरेको छ । प्रहरी प्रमुख एसपी गैतम मिश्रका अनुसार होलीको नाममा कुनै पनि उच्छृंखल गतिविधि नगर्न, जबरजस्ती रंग नलगाउन तथा धार्मिक एवम् साम्प्रदायिक सद्भावमा खलल पार्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।
प्रहरीको अनुरोधका मुख्य बुँदाहरू:
✅ कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल वा फोहोर पानी नलगाउन ।
✅ छाला तथा आँखामा असर पार्ने केमिकलयुक्त रंगको प्रयोग नगर्न ।
✅ बहुमूल्य गरगहना लगाएर होली नखेल्न ।
✅ अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान ।
✅ ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन ।
✅ महिला, बालबालिका, जेष्ठ नागरिक तथा शारीरिक अशक्त व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न ।
✅ रेलिङ नभएका छत वा सडकमा होली नखेल्न ।
✅ भिडभाड हुने स्थानमा पकेटमारी तथा लुटपाट जस्ता आपराधिक गतिविधिबाट सतर्क रहन ।
✅ कुनै आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन ।
पर्सा प्रहरीले कुनै पनि अमर्यादित वा गैरकानुनी गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ । प्रहरीका अनुसार होली पर्वका बेला शान्ति सुरक्षा कायम गर्न विशेष गस्ती टोली परिचालन गरिनेछ भने सीसीटीभी क्यामेराबाट पनि निगरानी गरिनेछ ।
सहयोगी सम्पर्क नम्बरहरू:
सर्वसाधारणलाई कुनै आपराधिक गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
📞 १०० / ९८५५०२८२८५ / ९८५५०९०१३६ / ९८५५०२८२८७
प्रहरीले होलीलाई नेपाली संस्कृति अनुरूप आपसी सद्भाव, प्रेम र खुसी बाँड्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै कुनै पनि प्रकारको उच्छृंखल गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ ।