प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा लालबाबु शेख सर्वसम्मतले चयन भएका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी पत्रकारहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी त्यसैगरी महासचिवमा दिवाकर भण्डारी निर्वाचित भएका छन् । कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् । सचिवहरूमा ग्यासु मिया देवान, जिवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो, श्याम कुशवाहा रहेका छन् ।
सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी, सुरेश प्रसाद आचार्य, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत, शम्भु प्रसाद महतो रहेका छन् ।
अधिवेशनले पत्रकारिता क्षेत्रको सशक्तीकरण, प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारहरूको हकहितका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । अध्यक्ष शेखले आफ्नो कार्यकालमा पत्रकारहरूको पेशागत सुरक्षा, सीप विकास तथा संघसंस्थाहरूसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने बताए ।